प्रदेश १ को चौथो मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश

इकागज | पुस २४, २०७९

विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् । कार्कीले नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका संसदीय दलका नेताहरुको समर्थन पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्न आठ दिनको समय सीमासहित पुस १७ गते विज्ञप्तिमार्फत आह्वान गरेका थिए ।

आइतबार बेलुका ५ बजेसम्मको समय सीमाभित्रै कार्कीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । प्रदेश सरकार गठनको प्रक्रियामा रहेका दलहरु मध्ये एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् । ९३ सदस्यीय प्रदेश सभामा नयाँ सरकारको समर्थनमा चार दलबाट ६० सदस्य हुनेछन् ।

एमालेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने माओवादी संसदीय दलको निर्णय

इकागज | पुस २४, २०७९

विराटनगर । नेकपा माओवादी प्रदेश १ को संसदीय दलको आइतबार बसेको बैठकले नेकपा एमालेका संसदीय दलका नेत...

प्रदेश १ : सरकार गठन गर्न दिएको समय आज सकिँदै, कार्कीको नेतृत्वमा दाबी पेश गर्ने एमालेको तयारी

बाबुराम भण्डारी | पुस २४, २०७९

विराटनगर - प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको तयारी अघि बढेको छ । प्रदेश प्रमुख परशुराम ...

अनुप स्मृति गोल्डकप : नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार

इकागज | पुस २२, २०७९

खोटाङ- खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्त...

प्रदेश १ मा सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढ्यो

बाबुराम भण्डारी | पुस २०, २०७९

विराटनगर - प्रदेश १ को प्रदेश सभाको सभामुख चयनको प्रक्रियाका लागि सर्वदलीय बैठक बस्ने तयारी अघि बढेको छ...