राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

इकागज | भदौ ९, २०७९

काठमाडौँ- प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् ।

बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले मानव निर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने जिकिर गरे । उनले इमान्दारीतापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने उल्लेख गरे । उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्‍न नसकेको बताए । सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताए । 

उनले नागरिक लाभान्वित हुने गरेर कानुनको कार्यान्वयनमा सबै प्रतिबद्ध हुन आवश्यक रहेकाे उल्लेख गरे । 

संघीयता अपेक्षित नहुनुको दोषी संघ सरकार संघीय संसद होः मन्त्री आङ्बो

इकागज | भदौ ८, २०७९

काठमाडौँ - प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालको संघीयता अपेक्षित ढंगले...

सभामुख भण्डारीकाे गुनासाे : स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन गरेनन्

इकागज | भदौ ७, २०७९

काठमाडौँ- प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको...

निर्वाचनको मुखमा सांसदलाई १ करोड वितरण, निर्वाचन आयोगद्वारा स्पष्टिकरण माग

विराटनगर । कार्यकाल सकिएर काम चलाउ हुन लागेको प्रदेश १ सरकारले भदौ १५ गतेभित्र योजना छनाेट गरिस...

वीपी प्रतिष्‍ठानमा डा. खानको संयोजकत्‍वमा 'शिक्षक कल्याण समाज' तदर्थ समिति गठन

इकागज | भदौ ३, २०७९

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. सेराज अहम्मद खानको संयोजकत्वमा 'शिक्ष...

मेयर हर्क साम्पाङको सय दिन : खानेपानीको मुहान थप्‍नेदेखि बगरमा बत्ति बाल्‍नेसम्‍म

इकागज | भदौ २, २०७९

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजन...

विद्यालयका छात्रालाई बाड्न किनिएको ८ लाखको स्यानीटरी प्याड स्टोरमा थन्काइयो

इकागज | भदौ १, २०७९

खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद ...