डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

इकागज | भदौ २९, २०८०

खाँदबारी (सङ्खुवासभा)- सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । 

रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए ।

यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो । 

सङ्खुवासभामा साउनयता डेङ्गु सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेङ्गु सङ्क्रमण फैलिएको छ । “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्”, उनले भने । सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् । रासस

उच्च अदालत विराटनगरद्वारा मोरङ, सुनसरी र उदयपुरका रेडक्रस सभापतिलाई वैधानिकता

इकागज | भदौ २७, २०८०

विराटनगर । उच्च अदालत विराटनगरको आदेशबाट नेपाल रेडक्रस सोसाइटीको मोरङ, सुनसरी र उदयपुर शाखामा सभापत...

जन्मथलो सुन्तलाबारीवासीको सम्झना : गाउँमा कसैको झगडा हुँदा रुन्थे सुवास नेम्वाङ

इकागज | भदौ २७, २०८०

फिक्कल (इलाम)- इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वा...

अलबिदा! राजनीतिक इमानका स्तम्भ सुवासचन्द्र नेम्वाङ

बाबुराम भण्डारी | भदौ २६, २०८०

विराटनगर - केही राजनीतिकर्मीको चर्चा वा गुनगान उसको मृत्यूपछि मात्रै होइन, बाँचुञ्जेल पनि प्रसस्तै हुन्छन्...