धरानमा धार्मिक सद्भाव कायम गर्न प्रदेश सरकारको आग्रह

इकागज | भदौ २५, २०८०

विराटनगर - धरानमा धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न कोशी प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक एकता र सद्भाव बिथोलिने गरी सामाजिक सञ्जाल लगायतका माधयममा सामग्रीहरु आइरहेको चिन्ता प्रकट गरेका छन् ।

विज्ञप्तिमा केही समययता धरानलगायत स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भाव बिथोल्ने गरी सामाजिक सञ्जालमा श्रृङ्खलाबद्ध रुपमा आइरहेका अभिव्यक्ति र सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।

‘धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृङ्खलावद्ध रुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
 
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको तर्फ ध्यान दिन सरकारको तर्फबाट आग्रह गरिएको हो । समाजमा कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने गलत अभिव्यक्ति तथा गतिविधिले कसैको पनि हितमा नभएको जनाइएको छ । 

साथै कोशी प्रदेश भित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय संघ संस्थाहरु, सामाजिक सञ्जालका प्रयोगकर्ता र समाजका अग्रज व्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि आग्रह गरिएको छ ।

प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी, १३ दिनपछि कोशीको बजेट शून्यता अन्त्य

बाबुराम भण्डारी | भदौ २४, २०८०

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश व...

प्रश्न सोधेको निहुँमा हर्क साम्पाङले पक्राउ गराएका युवक अशोक लिम्बू वडाध्यक्षको रोहवरमा रिहा

इकागज | भदौ २३, २०८०

विराटनगर - आफुलाई प्रश्न सोधेर कार्यक्रम विथोलेको आरोप लगाउँदै धरानका मेयर हर्क साम्पाङले पक्राउ गर...

सांसदकाे आपत्तिजनक अभिव्यक्ति: डिएसपीकाे परिवारलाई मार्ने धम्की, सिडिओलाई ‘अर्को जीवन नपाइने’ चेतावनी

इकागज | भदौ २३, २०८०

विराटनगर । कोशी प्रदेशका प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामले उत्तेजक भाषण गर्दै ताप्लेजुङका प्रहरी नायव उप...

कोशीको बजेट शून्यता अध्यादेशमार्फत् अन्त्य गर्ने

बाबुराम भण्डारी | भदौ २३, २०८०

विराटनगर - मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाटै कोशी प्रदेशको बजेट शुन्यता अन्त्य ...

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

इकागज | भदौ २२, २०८०

मोरङ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त ...

एमाले–कांग्रेस आधा–आधा कार्यकाल भन्ने असम्भव छैन, शीर्ष नेताहरूमा निर्णय हुनसके सम्भव छ : उद्वव थापा

बाबुराम भण्डारी | भदौ २२, २०८०

विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले कोशी प्र...