पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

इकागज | भदौ १९, २०८०

फुङ्लिङ (ताप्लेजुङ)- प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो ।

नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको  पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो  । उहाँले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए । 

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ । रासस

श्रीलंकामा नेपाल-भारत भिड्दा विराटनगरमा समर्थकको क्रेज (फोटोफिचर)

बाबुराम भण्डारी | भदौ १८, २०८०

विराटनगर- भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको समर्थनमा विराटनगरमा समर्थक र ...

काेशी विवाद : मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीशहरू मल्ल, चुडाल र सुवेदीको इजलासमा

बाबुराम भण्डारी | भदौ १८, २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा विरुद्धको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशहरू सपन...

मन्त्री किरातीको आक्रोश : नजिक–नजिक एयरपोर्ट बनाएर के गर्न खोजेको ?

बाबुराम भण्डारी | भदौ १७, २०८०

विराटनगर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकातिर जिल्लैपिच्छे एयरपोर्ट बनाउने होड...

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश, सोमबारदेखि निरन्तर सुनुवाई

बाबुराम भण्डारी | भदौ १७, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भ...

काेशीमा मुख्यमन्त्री विवाद : अन्तिम भनिएकाे सुनुवाइ पनि स्थगित, न्यायाधीश खतिवडाले मानेनन् हेर्न

इकागज | भदौ १५, २०८०

काठमाडौं– कोशी प्रदेशमा भएको विवादमा परेको रिटमाथि आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ...