कोशी विवाद : मुख्यमन्त्रीले लिएको ‘विश्वासको मत’ बारे आज सर्वोच्चमा अन्तिम सुनवाइ

इकागज | भदौ १५, २०८०

काठमाडौं । कोशी प्रदेश सरकारको भविष्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदैछ । 


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो । 


मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ। 

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।
 

कोशी प्रदेशमा आजदेखि बजेट ‘शून्यता’, कर उठाउनेदेखि दैनिक खर्चसमेत प्रभावित

बाबुराम भण्डारी | भदौ ११, २०८०

विराटनगर । कोशी प्रदेश सरकारको अदुरदर्शिताका कारण सोमबारदेखि बजेट शून्यता सिर्जना भएको छ । सरकारको वै...

धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सामाजिक सद्भाव कायम गर्न नगर प्रमुख राईको अपिल

इकागज | भदौ ८, २०८०

इनरुवा (सुनसरी)- सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति ...

धरानका राजनीतिक दलले भने : भोलि हुने पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्नू

इकागज | भदौ ८, २०८०

काठमाडौँ- धरान उपमहानगरपालिकाभित्र रहेका राजनीतिक दलले शनिबार हुने कार्यक्रमको स्थगन गर्न माग गरेका छन्...

धरानका मेयर हर्कले भने: सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी विविधताबीचको एकता खोजौँ

इकागज | भदौ ८, २०८०

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवह...