Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कोशी

विपी जन्मजयन्तीमा कोइराला निवासमा कवि गोष्ठी

इकागज |
भदौ २३, २०८० शनिबार २१:५५ बजे

विराटनगर- विपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित कोइराला निवासमा कवि गोष्ठी आयोजना गरिएको छ । शनिबार नेपाली लेखक संघ मोरङले कवि गोष्ठीमा विपी कोइरालाको राजनीतिक र साहित्यिक योगदानसँग सम्बन्धी रहेर तयार पारिएका सिर्जनाहरू वाचन गरिएको जनाइएको छ ।

साहित्यकार प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं लगायतले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्वका विषयमा आफ्ना धारणाहरू राखेका थिए । 


उनीहरूले वीपीको जन्मजयन्ती र स्मृति दिवसका रूपमा मात्रै नभई हरेक दिन सम्झिरहनु पर्नेमा जोड दिएका छन् । वीपीको विचार र सिद्धान्तअनुसार नेपालको राजनीति अघि नबढेकै कारण मुलुक समृद्धि नभएको उनीहरूले बताए । 

लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर, इटहरी, दुहबी, झोराहाट, दर्वेशालगायतका स्थानबाट सहभागी भएका कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेको जनाइएको छ ।


Author

थप समाचार
x