मधेस प्रदेश सरकार गठनका लागि आह्वान
जनकपुरधाम- मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठन गर्नका लागि आह्वान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मधेस प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीद्वारा जारी पत्रमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते बिहीबार बेलुकी ४ बजेभित्र दाबी पेस गर्न भनिएकाे छ ।
मधेस प्रदेशसभामा १०७ जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । मधेसमा जनमत, कांग्रेस र एमाले बाहेक अन्य दलले दलकाे नेता समेत चयन गर्न सकेकाा छैनन् ।