९४ किलो चाँदीका तयारी गहनासहित एक पक्राउ

इकागज | जेठ १८, २०७९

सप्तरी- सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट चार लाख ३८ हजार ९५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाइ छ । 

चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

मधेश प्रदेशमा जिल्ला समन्वय समितिको नेतृत्व कुन दलले कहाँ पाउँछन् ? यस्तो छ अंकगणित

सुभाष कर्ण | जेठ १७, २०७९

जनकपुरधाम - वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको परिणाम सार्वजनिक भईसकेको छ । परिणाम सार्वजनिक भएसँ...

खडक नगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक दिने

इकागज | जेठ १६, २०७९

सप्तरी - सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्याल...

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

इकागज | जेठ १६, २०७९

पर्सा- मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ...

वीरगञ्ज महानगरपालिकाको पहिलो निर्णय - नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

इकागज | जेठ १४, २०७९

वीरगञ्ज - मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म...

सञ्चारमाध्यमलाई व्यवस्थित बनाइने मधेस प्रदेश सरकारको तयारी

इकागज | जेठ १३, २०७९

जनकपुर - मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यको थालनी...