सप्तरीमा मतदानस्थल परिवर्तन

इकागज | बैशाख २८, २०७९

सप्तरी - जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको  हो ।

सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए । उनका अनुसार पुरानो ठाउँबाट उक्त मतदानस्थल एक सय मिटरको दूरीमा छ ।

पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताए । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएको छ । यसमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ ।

जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरु मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा हिँडिसक्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए । रासस 
 

जनकपुरको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा

इकागज | बैशाख २४, २०७९

जनकपुर - आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मे...

नमूना मतपत्रमा चुनाव चिन्ह नराखिएकाे भन्दै उम्मेदवार धर्नामा

इकागज | बैशाख १९, २०७९

जनकपुरधाम- निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा राखेकाे नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नराखेकाे ...

मिथिला राज्य आन्दोलनको १० वर्ष पूरा, आन्दोलन रोकियो, संघर्ष जारी

सुभाष कर्ण | बैशाख १८, २०७९

जनकपुरधाम – मिथिला राज्यको माग गर्दै जनकपुरधाममा भएको आन्दोलनमा गराइएको बम विस्फोट घटनाको आज १०...

रातारात फेरिेयाे उम्मेदवार- मनाेनयन एउटाकाे, भाेलिपल्ट नाम अर्कैकाे !

इकागज | बैशाख १३, २०७९

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रात...