मधेशका १ सय ३६ वटै स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुभाष कर्ण | बैशाख ८, २०७९

जनकपुरधाम- आसन्न स्थानीय तहको निर्वाचनका लागि देशभर सहित मधेस प्रदेशका स्थानीय तहहरुमा पनि निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

वैशाख ३० हुन गइरहेको निर्वाचनका लागि प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा विधिवत रुपमा निर्वाचन अधिकृत कार्यालय स्थापना गरी अधिकृतहरुलाई खटाइएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जनाएको छ । 

निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । 

यस्तै, निर्वाचन आयोगले गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेश शशि, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत यसअघि नै तोकिएको प्रमुख पन्थीले जानकारी दिए ।

धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जिवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीप कुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

उता, लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।

जिल्लाहरुमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेका छन् ।

प्रदेशमा १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील र ८ सय ८८ केन्द्रलाई संवेदनशील मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए । उनले भने, `जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा परेका हुन् ।`

उनका अनुसार प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्रमा २ सय १२ मतदान केन्द्र मात्र सामान्य अवस्थामा छन । सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन् ।

त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

२ सय १५ वटा दल दर्ता

यसैबीच मधेस प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ६ वटा राष्ट्रिय दल बाहेक २१५ वटा दल दर्ता गराएको छ । निर्वाचन प्रमुख पन्थीले जनाए अनुसार सबैभन्दा बढी रौतहटमा ३० र सबैभन्दा कम महोत्तरीमा २० वटा दल दर्ता भएका छन् ।

त्यस्तै, सर्लाहीमा २९, बारामा २९ र सप्तरीमा २८ वटा दल दर्ता भएका छन् भने पर्सामा २७, धनुषामा २६ र सिरहामा २६ वटा दल दर्ता गरिएको छ ।

चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

इकागज | बैशाख ८, २०७९

रौतहट- नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । ...

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरको नाम मेयर र वडाध्यक्षमा सिफारिस

इकागज | बैशाख ७, २०७९

महोत्तरी- हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग ...

मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

सुभाष कर्ण | बैशाख ६, २०७९

जनकपुरधाम - आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति मधेश प्रदेशमा...