अरूको खेतबाट जथाभावी विद्युतीय तार लागेका दुई जनामाथि ज्यानमुद्दा

इकागज | साउन ३, २०८१

रौतहट- रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ।

स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले ज्यान सम्बन्धी मुद्दा दायर गरेको हो।

आरोपीहरूले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागेर गत सोमबार दिउँसो देवाही गोनाही-७ का ४५ वर्षीय चुनिलाल पासवानको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो।

पासवानको मृत्युपछि उनका आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

गत सोमबार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेलगत्तै प्रहरीले पासवानलाई उद्धार गरी तत्काल उपचारको लागि शिवनगरस्थित एक निजी अस्पतालमा लगेकोमा उपचारको क्रममा मुत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले घटनालगत्तै पासवानको खेत हुँदै विद्युतको तार लगेका रामदरेश राय यादव, गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोलबाट लागेको तारबाट करेन्ट लागेर वर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ।

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनकाे जिम्मेवारी लिने

इकागज | साउन २, २०८१

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको त...

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

इकागज | असार २९, २०८१

सिरहा- लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहा खण्डमा परेका खाल्डाखुल्डी पुर्न थाल...

लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरूद्वारा निरीक्षण

इकागज | असार २४, २०८१

रौतहट- यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागम...