बाढीले बालचनपुर जंगलसहिया सडक अवरुद्ध

इकागज | असार २३, २०८१

रौतहट- रौतहट जिल्लाको उतरिभेग बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको छ भने जिल्लाको अन्य नदी खोलामा पानीको बहाव घट्दै गएको छ ।

गुजरा नगरपालिका १ स्थित लमहा खोलामा अविरल वर्षाका कारण पानीको सतह बढेपछि आज बिहानदेखि बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् । 

गुजाराको मेयर सन्तलाल चौधरीको सक्रियतामा लमहा खोलामा ठूलो ह्युमपाईप र ग्रेभल राखेर दिउँसो १ बजेदेखि  सानो गाडीहरू सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । 

तर, ठूला सवारीसाधन भने चलेको छैन । पहाडतर्फ लगातारको वर्षाले रौतहटस्थित बागमती नदी, लालबकैया नदी, चाँदी नदी लगायत ससाना खोलाहरूमा हिजोदेखि बढेको पानीको सतह आज क्रमशः घट्दै गएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

महोत्तरीको गौशालाबाट ११ वर्षीया बालिका सात दिनदेखि बेपत्ता, अपहरण भएको आशंका

इकागज | असार २१, २०८१

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता भएकी छिन् । गत बिहीबा...