विद्युत्‌को तार सर्ट भएर सुन्दुरेघारीमा आगलागी, लाखौंको क्षति

इकागज | असार १२, २०८१

रौतहट- पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका-९ सिन्दुरेघारी गाउँमा आज बिहान एक घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

बुधबार बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका ध्रुव बहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत्‌ लाइन सर्ट भई आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ।

आगलागीबाट घर र घरभित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पुर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख विक्रम हुमागाईंले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली ,चन्द्रपुर नगरपालिकाको दमकल  र स्थानियहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पुर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

रौतहटस्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागी लगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।

मेयरले एकलौटी गरेको भन्दै बौधीमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

इकागज | असार १०, २०८१

रौतहट- रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रमिला देवी जयसवालले पाँच जना वडा अध्यक्षसहित बहुमतक...

मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

इकागज | असार १०, २०८१

जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छ...

सिरहाको बर्धमान अस्पतालमा पाठेघर खस्‍ने रोगको निःशुल्क शल्यक्रिया

इकागज | असार १०, २०८१

सिरहा- सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्ने भए...

पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सूचीसहितको प्रतिवेदन हस्तान्तरण

इकागज | असार ९, २०८१

महोत्तरी- पर्यटकिय गन्तव्यको खोजीमा जुटेको बर्दिवास उद्योग वाणिज्य संघले प्रदेश र स्थानीय सरकारलाई प्रतिवेद...