बिजुली काटेर स्कार्पियो गाडी चोरी

इकागज | असार १४, २०८१

रौतहट- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा-३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन झाको घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको हो । गाडी रिसिइबीका कारण चोरी गराइएको गाडी धनीको भनाइ छ ।

मंगलबार अबेर राति अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको स्थानीयहरूले जनाएका छन् । प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको ३ दिन बितिसक्दा अहिलेसम्म प्रहरीबाट कुनै किसिमको खोज तलास सम्बन्धित सूचना नआएको गाडी धनीको गुनासो रहेको छ । राजेशकुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको गाडी चोरी हुनुभन्दा पहिला गाउँभरीको विद्युत् लाइन काटेर बाटोमा रहेको सिसीटिभी बन्द हुने बित्तिकै गाडी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संलग्नता हुन सक्ने गाडी धनीले दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मन्त्री सरोज यादवको पहलमा धर्नामा बसेका आन्दोलनकारीसँग सहमति

इकागज | असार १३, २०८१

रौतहट- मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण ...

विद्युत्‌को तार सर्ट भएर सुन्दुरेघारीमा आगलागी, लाखौंको क्षति

इकागज | असार १२, २०८१

रौतहट- पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका-९ सिन्दुरेघारी गाउँमा आज बिहान एक घ...

मेयरले एकलौटी गरेको भन्दै बौधीमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

इकागज | असार १०, २०८१

रौतहट- रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रमिला देवी जयसवालले पाँच जना वडा अध्यक्षसहित बहुमतक...

मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

इकागज | असार १०, २०८१

जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छ...