एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लियो

सुभाष कर्ण | जेठ १, २०८०

जनकपुरधाम- नेकपा एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । प्रदेशकाे सबैभन्दा ठूलो दलकाे रूपमा रहेकाे नेकपा एमाले सरकारबाट बाहिरिएको लामो समयपछि समर्थन फिर्ता लिएको हो ।

समर्थन फिर्ता लिएको जानकारी एमाले संसदीय दलले लिखित रूपमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सोमबार साँझ जानकारी गराएको संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका छन् ।

मधेश सरकारमा चार वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । पार्टी नेतृत्व पंक्तिबाट आदेश आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत पुस १० मा बनेको सात दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ गते मधेश सरकार छोडेको थियो ।

मधेश प्रदेश सभामा एमालेको २५ प्रदेश सभा सदस्य रहेका छन् । यता कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेस सभा सदस्य रहेका छा् ।  यी तीनै दल सरकारमा सहभागी हुन तयार रहेका छन् ।

कृषि बजार उद्याेगग्रामका लागि जग्गा उपलब्ध गराई दिन गुठीलाई ज्ञापन

सुभाष कर्ण | बैशाख ३१, २०८०

जनकपुरधाम- कृषि बजार र उद्याेग ग्रामका लागि जग्गा उपलब्ध गराई दिन जनकपुरधाम उद्योग वाणिज्य संघले ग...

जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

इकागज | बैशाख २९, २०८०

जनकपुरधाम- मधेश प्रदेश राजधानी धनुषाको जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापनका लागि व्य...

मधेश सरकार आलोपालो नेतृत्वमा यही सरकारलाई निरन्तरता दिनुपर्छ : अध्यक्ष यादव

सुभाष कर्ण | बैशाख २९, २०८०

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा यही सरकारलाई निरन्त...

गाँजाकाे 'लास्ट पप' कसले तान्ने भन्नेमा विवाद हुँदा आफ्नै साथीको हत्या

सुभाष कर्ण | बैशाख २८, २०८०

जनकपुरधाम । गाँजा तान्ने विषयलाई लिएर भएको विवादमा आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरील...