आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

इकागज | चैत २१, २०७९

काठमाडौँ - मिडिया काउन्सिल (मधेस प्रदेश) ले बारा निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिताको परिपालना गर्न पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रह गरेको छ । 

काउन्सिलले आज एक विज्ञप्ति जारी गरी उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवं सञ्चारमाध्मको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो । त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत रहन आग्रह गरेको छ । 

“कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न काउन्सिल सबैमा आग्रह गर्दछ”, काउन्सिलका निमित्त प्रशासकीय प्रमुख मुनेश्वर यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्तै सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिल अपिल गर्दछ ।”

काउन्सिलले उपनिर्वाचनलाई मध्यनजर गरी पत्रकार आचारसंहिता अनुगमन कार्य सुरु गरेको र कुनै पनि माध्यमबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ । 

यसैबीच काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकार तथा सञ्चारमाध्यम आचारसंहिता मधेस प्रदेश, २०७९ को व्यवस्थालाई पालना गर्न सबैलाई आग्रह गरेका छन् । उनले उपनिर्वाचनको अनुगमन कार्य भइरहेकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै क्रियाकलाप गरेको पाइए कानूनअनुसार कारबाही हुनेसमेत बताए । 

यसअघि बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 
रासस

प्रहरी कार्यालयमै इन्सपेक्टरकाे कुटाइले जसपा अध्यक्ष घाइते, नेता कार्यकर्ता आन्दाेलित

सुभाष कर्ण | चैत २१, २०७९

जनकपुरधाम- आफ्ना नेतालाई कुटपिट गरेको भन्दै सप्तरीको राजविराजमा जनता समाजवादी पार्टी (जसपा) नेपालका&n...

मन्त्रीहरूले राजीनामा दिए पनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

इकागज | चैत २१, २०७९

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री रामसरोज यादवले नेकपा एमालेले दिएको विश्वासको मत आफूसँग कायमै रहेक...

बृहत्तर जनकपुरक्षेत्र विकास परिषदका तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचारी ठहर

सुभाष कर्ण | चैत २०, २०७९

जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँच जनालाई विशेष अदालतले भ्रष्...