मधेस केन्द्रित साना चार दलले गरे 'लोकतान्त्रिक मधेसी' मोर्चा गठन

इकागज | चैत १३, २०७९

काठमाडौँ- मधेस केन्द्रित साना चार दलले 'लोकतान्त्रिक मधेसी' मोर्चा गठन गरेका छन् ।

मधेस केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन् । मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ ।

अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेसको सही प्रतिनिधित्व गर्ने बताए । उनले मधेसको मुद्दाको मसाललाई आफूहरूले अगाडि बढाउने बताए । मधेस आन्दोलनलाई अगाडि बढाउन मोर्चा गठन गरेको उनको भनाइ छ ।

मोर्चाको अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेसी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ । मोर्चाले त्यस्तै पहिचानमा आधारित रही प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मानको माग गरेको छ ।

त्यस्तै राष्ट्रिय सभामा जनसंख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रिय सभाको समान भूमिका लगायतका विषयमा संविधान संशोधनको माग गरेको छ । संविधानमा भएकै व्यवस्थालाई समेत अभ्यासमा पन्छाइने र बेवास्ता गर्ने कामहरू भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्म अनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ ।

मोर्चाले स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने लगायतका विभिन्न मागहरू राखेको छ ।

'आर्थिक मन्दीमा खान लाउन अवस्था छैन, कर बुझाउँ कि बैंकको चर्को ब्याज'

सुभाष कर्ण | चैत १३, २०७९

जनकपुरधाम- उद्योग व्यवसायले आर्थिक मन्दीको मार खेपिरहेका बेला आन्तरिक राजस्व कार्यालय जनकपुरधा...

निर्माणमा अनेक अड्चन खेपेको अन्तर्राष्ट्रिय रंगशाला अब बन्छ ?

सुभाष कर्ण | चैत ९, २०७९

जनकपुरधाम । खेलको माध्यमले जनकपुरधामलाई वैवाहिक सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्न गत १५ वर्षदेखि...

गठबन्धन भित्रका सबै दललाई समेटेर सरकार विस्तार गरिन्छ : उपमहासचिव यादव

सुभाष कर्ण | चैत ९, २०७९

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल '...