दुग्ध सहकारीमा आगलागी

इकागज | चैत ३०, २०७९

मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १८ दोभानचौरमा रहेको रत्नदेवी दूध उत्पादन सहकारी सस्थामा आगलागी हुँदा ७ लाख क्षति भएको छ । 

बिजुलीको तार सर्ट भई आगलागी हुँदा सहकारीको कागजात र नगद समेत जलेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब निरीक्षक अरबिन्द्र कुमार यादवका अनुसार स्थानीयवासी, वारुणयन्त्र, प्रहरीको सहयोगमा डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । 

आगोबाट दूध चेक गर्ने मेसिन वनलाईजर सेट  १ थान, कम्प्युटर १ थान, मिटर बक्स १ थान १२ भोल्ट को ब्याट्री १ थान,अफिस भित्र रहेको कागज पत्र , टेवल कुर्सी,जस्तापाता ४ बन्डल, विद्युतीय  तौल तराजु जलेको छ ।

घटनाबाट ७ लाख बराबरको क्षति भएको यादवले बताए ।  विद्युत सर्ट भएरै गएराति पनि मकवानपुरको थाहा नगरपालिकामा पनि २ वटा घर जलेर नष्ट भएको थियो ।

काठमाडौँ महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

इकागज | चैत ३०, २०७९

काठमाडौँ- सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।   ...

आर्थिक वर्ष सकिन तीन महिना बाँकी : बागमतीमा एकीकृत आवास निर्माण कार्य प्रगति शून्य

इकागज | चैत २८, २०७९

मकवानपुर - चालु आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहँदा बागमती प्रदेशमा संघीय लगानीमा निर्मा...

कामपाले दियो ज्यापू महागुथि र बाजा संरक्षणलाई एक करोड ७२ लाख रुपैयाँ

इकागज | चैत २७, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका...

१४ मन्त्रालयमा अड्‌कियो काठमाडौँ महानगरको थुप्रै काम (सूचीसहित)

इकागज | चैत २७, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्रीय सरकारसँग सहमति भएर पनि थुप्रै...