काठमाडौँ महानगरले माग्यो सय जना प्रहरी, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करारमा एक सय जना नगर प्रहरीको माग गरेको छ । महानगरले आइतबार सूचना जारी गरी सात दिनभित्र प्रशासन विभागमा आवेदन दिन आग्रह गरेको हो ।
नेपाल प्रहरीको वैकल्पिक सूचीमा रहेका आवेदकले सात दिन भित्रमा आवेदन दिइसक्नुपर्नेछ । नेपाल प्रहरीको गत चैत १७ गतेको र सशस्त्र प्रहरीको च.न ७३९ को गृह मन्त्रालयमार्फ वैकल्पिक सूचीमा रहेकाले आवेदन दिन पाउन सूचनामा उल्लेख गरिएको छ ।
महानगरले जारी गरेको सूचनामा नेपाल प्रहरीको वैकल्पिक सूचीमा रहेका ७३ र अन्य बाँकी सशस्त्र प्रहरीको विकल्पमा रहेकाले इच्छुक उम्मेदवारले दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।