मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था आयो : सुनिता डंगोल

इकागज | बैशाख १४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरूले आफू सुरक्षित नभएको आभास गर्न थालेको बताएकी छन् ।

बिहीबार गृह मन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौँको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महसुस गरिरहेको बताएकी हुन् ।

उनले अहिले मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । आपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिकामा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् ।

उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढिरहेको पनि बताइन् ।  

काठमाडौँका विद्यालयमा राजनीतिक गतिबिधि गरे प्रधानाध्यापकमाथि कारबाही

इकागज | बैशाख १४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधि तथा कार्यक्रम आयोजना गर्न गर्न दि...

पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाएका संरचना महानगरले हटायाे

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाएका संरचना हटाएको छ ...

अघिल्लो चुनावभन्दा रविले बढाए ४९ सय, कांग्रेस र एमालेले गुमाए ३७ सय मत

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जि...

सरकारको कार्यशैली चित्तबुझ्दो छैन, समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको...

रविले कटाए ५० हजार मत

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र २ मा मतगणना जारी छ ।  पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र...