लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा

इकागज | माघ १७, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।

पुर्जा वितरण कार्यक्रमका सिन्धुपाल्चोक क्षेत्र -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएको बताए ।

उनले जुगल सरकारको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आवश्यक रहेको बताए ।

२०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढ‌ंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उनकाे भनाइ छ । सांसद सापकोटाले घर बनाउन पाँच/पाँच लाख रुपैयाँ दिइसकेकाे बताउँदै  हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गरे ।

 

निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कंडेलको उम्मेदवारी

इकागज | माघ १६, २०७९

मकवानपुर- निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । संघको...

ललितपुर महानगरले भन्यो : स्मार्ट सिटी बनाउन रोपिएका बिरुवा उखाल्नेलाई कारबाही गर्छौं

इकागज | माघ १६, २०७९

काठमाडौँ- ललितपुर महानगरपालिकाले सडक किनारामा रोपिएका बिरुवालाई नष्ट गर्नेलाई कारबाही हुने बता...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

इकागज | माघ १२, २०७९

हेटौंडा - बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम...

बागमती प्रदेशले पायाे पूर्णता, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

इकागज | माघ ११, २०७९

मकवानपुर । बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपन...