आचार्यलाई श्रद्धाञ्जली दिँदै बालेनले भने : राज्य असफलताको भयानक संकेत

इकागज | माघ ११, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले पेट्रोल खन्याएर आत्मदाह गरेका  प्रेम आचार्यको निधन कारण राज्य भएको बताएका छन् । मृतक आचार्यलाई श्रद्धान्जली दिँदै मेयर साहले आत्मदाहका धेरै कारण र धेरै संकेतहरू भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । घटनाको सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको भएको उनको भनाइ छ । 

'उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ,' उनले लेखेका छनज्, 'राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन् । नागरिककारूपमा, जनप्रतिनिधीकारूपमा, सत्ताका अगुवाकारूपमा, सञ्चारमाध्यमकारूपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन ।'

एकैपल्ट धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले विद्रोह गरेको उनले बताउका छन् । उनको विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना भएको उनले बताएका छन् ।

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

इकागज | माघ ५, २०७९

चितवन - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६  पकेटका कार्...

साउदीको बालुवामा तरकारी फलेको देखेपछि नेपाल फर्किएर तरकारी खेतीमा रमाएका तामाङ

इकागज | माघ ४, २०७९

चौतारा- धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका&ndash...