निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेलाई ५ हजारदेखि ५ लाखसम्म जरिवाना

इकागज | असोज ८, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निर्माण कार्य गर्दा मापदण्ड पूरा नगर्नेको हकमा जरिवाना तोकेको छ । महानगरले एक सूचना जारी गर्दै तोकिएको मापदण्ड पूरा नगर्नेको हकमा जरिवाना तोकेको हो ।

महानगरले ५ हजारदेखि ५ लाखसम्म जरिवाना तोकेको छ । निर्माणजन्य फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने फाल्ने वा थुपार्ने कार्य गरेमा २५ हजार जरिवाना तोकिएको छ । दोस्रोपटक यस्तो भेटिएमा थप २५ हजार थपिएर ५० हजार जरिवाना महानगरले तोकेको हो ।

यस्तै सवारी साधन वा व्यक्तिले बाटोमा माटो बालुवा तथा हिलो खसाली फोहोर गरे/गराएमा ५ हजारदेखि ५० हजार जरिवाना तोकिएको छ । यस्तै अनुमति विना सडकपेटीमा अतिक्रमण गरी निर्माण सामग्री राखेमा १५ हजारदेखि ५० हजारसम्म तोकिएको छ । यस्तै निर्माण कार्य गर्दा तोकिएको मापदण्डमा नगरेमा ५० हजारदेखि ५ लाखसम्म जरिवाना तोकेको छ । 


 

काठमाडौं महानगरपालिकामा प्रदीपको परियारको ठाउँमा आए सरोज गुँरागाई

इकागज | असोज ७, २०८१

काठमाडौँ- प्रमुख प्रशासकीय अधिकृतको रुपमा काठमाडौँ महानगरपालिकामा सरोज गुरागाईँले पदबहाली गरेका छन् ...

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

इकागज | असोज ३, २०८१

काठमाडौँ - कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौँ महानगरपालि...