काठमाडौँ महानगरद्वारा बाह्य विज्ञापनमा रोक

इकागज | असोज ५, २०७९

काठमाडौँ- राजधानी सहरलाई कुरूप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यम समेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।

यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ ।

सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

अनुमतिविना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

इकागज | असोज ५, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाले अनुमतिविना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।&nbs...

ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

इकागज | असोज ५, २०७९

ललितपुर - ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ...

औपचारिकतामा सीमित संविधान दिवस : सर्वसाधारण भन्छन्- 'कागलाई बेल पाक्यो हर्ष न विस्मात'

इकागज | असोज ३, २०७९

मकवानपुर - नेपालमा समाजवादउन्मुख संविधान छ । संविधानको मर्म र भावना अनुसार कार्यान्वयन भएको भए दिवसको...