गम्भीर रोग लागेका बिरामीले उपचार खर्च लिन वडामा निवेदन दिनू : ललितपुर महानगर

इकागज | असोज १४, २०७९

काठमाडौँ- ललितपुर महानगरपालिकाले गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च लिनका लागि निवेदन दिन आग्रह गरेको छ ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका बिरामीहरूलाई उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय अनुसार तथा महानगरले गत महिनाको १३ गते गरेको निर्णय अनुसार निवेदन आव्हान गरेको हो ।

महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने बिरामीले आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा अनुसूची-२ बमोजिमको निवेदन दिनुपर्ने छ । नेपाल सरकारको सामाजिक सुरक्षा नीति अन्तर्गत सामाजिक सुरक्षा भत्ता लिएका व्यक्तिहरू र बहालवाला कर्मचारीहरूलगायतले यो सूचना बमोजिमको औषधि उपचार खर्च लिन नपाइने महानगरले जनाएको छ ।

काठमाडौँ महानगरले भन्योः चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन

इकागज | असोज १३, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्...

बागमती प्रदेश प्रमुखद्वारा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

इकागज | असोज १२, २०७९

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज (बुधबार) प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५...

बेच्‍नेले मात्र होइन किन्‍नेले पनि खाद्य-अखाद्य बस्तु छुट्याउन सक्दैनन्

इकागज | असोज ११, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले दशैँलक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर ...