सामाजिक सञ्जाल दुरूपयोग गर्नेलाई कारबाहीमा गरियोस् : उपमेयर डंगोल

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन् । उनले बिहीबार आयोगलाई एक पत्र लेखेर जानकारी गराएकी हुन् ।

‘त्यहाँ आयोगबाट भैरहेको काम कारवाहीबारे म जानकार छु र काठमाडौँ महानगरपालिकाको उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना समन्वय र सहयोगको लागि समेत संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा उनले लेखेकी छन्, ‘आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिरहेको छु । मंसिर ४ मा हुने निर्वाचनलाई केन्द्र बनाई अफवाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भैरहेको देखिएकाले सो कार्यप्रति मेरो ध्यानाकर्षण भएको छ ।’

डंगोलले त्यस्तो कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न आग्रह गरेकी छन् । आधिकारिक सामाजिक सञ्जालको ब्यहोरासमेत उनले पत्रमा उल्लेख गरेकी छन् ।

संघ र प्रदेशमा दर्ता गरी व्यवसाय गरिरहेकाले काठमाडौँ महानगरमा पनि दर्ता गर्नुपर्ने

इकागज | कात्तिक २, २०७९

काठमाडौँ- अबदेखि संघ र प्रदेश सरकारबाट इजाजत लिएर व्यवसाय गरिरहेकाहरूले काठमाडौँ महानगरपालिकाम...

हेटौंडामा प्रदेश संरचनाको समीक्षा : बिचौलियाजस्तो भएको स्थानीयको टिप्पणी

इकागज | असोज ३०, २०७९

मकवानपुर- संघीयता अभ्यासको ५ वर्ष पूरा हुँदै गर्दा यो संरचनाको बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीहर...

हेटौंडामा एमालेको कार्यकर्ता भेला, नेताहरूकाे चुनावी तयारी तीव्र

इकागज | असोज २९, २०७९

मकवानपुर- आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दलहरूले कार्यकर्ता भेला गर्न थ...