हेटौंडा अस्पतालमा पहिलो पटक टाउकोको सफल शल्यक्रिया

इकागज | कात्तिक ७, २०७९

मकवानपुर- रिफर सेन्टर भएको भनेर निकै आलोचना खेप्दै आएको मकवानपुरको हेटौंडा अस्पतालमा पहिलोपटक टाउकोको शल्यक्रिया सफल भएको छ ।

मकवानपुरको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको हेटौंडा अस्पतालमा पहिलोपटक जटिल किसिमको टाउकाेको शल्यक्रिया भएको बताउँदै अस्पताल प्रशासनलाई पहिले चुस्त पार्दै ल्याएको दाबी गरिएको छ ।

टाउकोको दाहिने भागमा रगत जमेको र बेहोस अवस्थाका बिरामी हेटौंडा १५ का ५० वर्षीय पूर्णबहादुर थिङको अप्रेसन सफल भएको हो ।

हेटौंडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्यप्रसाद साह, एनेस्थेटिस्ट डाक्टर इश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकालसहितको टिमले थिङको शल्यक्रियालाई सफल बनाएको हो । स्रोतको अभावबीच पनि डाक्टर साहको टोलीले थिङको सफल उपचार गरेको बताइएको छ ।

गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौंडा अस्पतालमा पहिलोपटक जटिल शल्यक्रिया सफल बनेको हो । थिङ बेहोसी अवस्थामा हेटौंडा अस्पताल पुगेका थिए । टाउकोमा रगत जमेका कारण हेटौंडा अस्पतालमा उपचार सम्भव नहुने ठानेर अन्य स्थानमा उपचारका लागि पठाइएको थियो । बिरामीको उपचार गर्ने अन्यत्र लैजाने प्रयास भएपनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेपछि आफन्तले खुसी प्रकट गरे ।

डाक्टर साहले भने, 'हेटौंडा अस्पतालमा अप्रेसनका लागि आवश्यक सामग्रीको अभाव र प्राइभेट तथा काठमाडौँका सरकारी अस्पतालमा समेत लग्न नसक्ने अवस्थाबीच आफूहरूले हेटौंडा अस्पतालको टिमसँग छलफल गरेर आवश्यक उपकरण ल्याउने काम गर्न सफल बन्यौँ, मैले पनि आफूसँग भएका सामग्रीहरूको प्रयोग गर्ने र बिरामीलाई पुनः हेटौंडा अस्पताल बोलाएर अप्रेसन गर्ने सोच बनाए । फलस्वरूप हामी सबैको प्रयासमा उहाँको अप्रेसन गर्न सफल बनेका छौँ ।’

टाउकोको शल्यक्रिया निकै जटिल विषय रहेका कारण आफूहरूकाे निकै मेहनत गरेर काम गर्दा एक जना निकै कमजोर आर्थिक अवस्था भएका बिरामीको ज्यान जोगिएको उनको भनाइ छ । हाल बिरामीको अवस्था नर्मल रहेको भन्दै उनले आज/भोलिमा डिस्चार्जको तयारी गरेको पनि बताए ।

उपचारका क्रममा हुने छिटपुट सानातिना घटनामा समुदाय नै लागेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुने गरेपछि हेटौंडा अस्पतालले जटिल प्रकृतिको सेवामा आँट गर्न नसकेको डाक्टरहरूको भनाइ छ ।

सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल

इकागज | कात्तिक ७, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढा...

अवैध चिरान काठ बरामद

इकागज | कात्तिक ७, २०७९

हेटौँडा- मकवानपुर प्रहरीले जिल्लाको पुर्वी क्षेत्र बकैयाको धियालबाट अवैध चिरान काठ बरामद गरेको छ । बकै...