डिजिटल युगले पुरानो पत्रकारिताको स्मरण गरायो: मन्त्री खनाल

इकागज | साउन १५, २०७९

मकवानपुर- बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गरेको र पहिलेको पत्रकारिता इतिहासलाई स्मरण गराएको बताएका छन् । 

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आज हेटौंडामा आयोजित 'डिजिटल साक्षरता' र 'उहिलेको पत्रकारिता' दुई पुस्तक सार्वजनिक कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताए । 

उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई  पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको उक्त पुस्तक पत्रकारिता इतिहासको अभिलेख पनि हो । 

इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरुसँग हुन्छन् जसले आफनो जीवनको उर्वरशील समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेको सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।

पुस्तकमा समेटिएका जेष्ठ पत्रकार भैरव रिसाल ९४ वर्ष, नारायण शर्मा ९१ वर्ष, लालध्वज देउसा राई ८९ वर्ष , कृष्णा ताम्राकार ८२ वर्ष र रामकृष्ण रेग्मी ७५ वर्षको रहेको रजिष्ट्रार सोपकोटाले बताए । उनले पत्रकारितामा उनीहरुका भोगाई, उनीहरुले गरेको पत्रकारिताको अभ्यास, भोग्नु परेका चुनौती र संघर्षका कथा पुस्तकमा समेटिएको बताए । 

प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारीतहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको छ । अबको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढन पाइनेछ । उहिलेको पत्रकारिता नामक पुस्तकमा समेटिएका जेष्ठ पत्रकारका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका विद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने विषय हुने जनाइएको छ । 

सूचना प्रविधिको आधारभूत ज्ञान हासिल गर्न चाहनेका लागि यस पुस्तक महत्वपूर्ण रहने जनाइएको छ । डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच, थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने छ । 

उक्त पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् । 

भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स (आइओटी), आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ । पुस्तकमा इ गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानुन, इन्टरनेट र बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको छ । दुवै पुस्तक आजको पुस्ताको लागि मार्गदर्शक बन्न सक्ने रजिस्ट्रार सापकोटाले बताए ।

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

इकागज | साउन १४, २०७९

बागमती- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्य...

४ वर्षअघि बढेको भाडा अहिले माग, उद्योगीहरु आन्दोलन जाने

सरिता दाहाल | साउन १२, २०७९

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले चार वर्षअघि बढाइएको भाडा अहिल...

मयुरधाप औद्योगिक क्षेत्र निर्माण चाँडै थालिने उद्योग मन्त्री बडूको आश्वासन

सरिता दाहाल | साउन १२, २०७९

मकवानपुर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बागमती प्रदेशको राजधानी ...