ललितपुर महानगरले मर्मतपछि सञ्‍चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

इकागज | साउन ६, २०८१

काठमाडौँ- ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ ।

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टसहरू मगाएर मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।

उनले भने, ‘विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस् भेटियो र अहिले सञ्चालनमा ल्याइएको छ ।’

दमकलको चक्काहरू कहिले पनि पञ्चड नहुने र सिसाहरू पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए । 

बेलायतले नेपाललाई उपहारस्वरुप दिएको १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा

इकागज | साउन ६, २०८१

काठमाडौँ - ललितपुर महानगरपालिकाले बेलायतले नेपाललाई उपहारस्वरुप दिएको १०६ वर्ष पुरानो दमकल पुन...

न्यूरोड फुटपाथ विस्तार विवाद: ३२ वटै वडा अध्यक्षको ऐक्यबद्धता, सडकबाटै थाले काम

इकागज | साउन ६, २०८१

काठमाडौँ - अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरो...

कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

इकागज | साउन ४, २०८१

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले बागमती प्रदे...