बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

इकागज | साउन ११, २०८१

भक्तपुर- बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन् ।  

आफ्नो सम्मान आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिए । उनले भने, 'सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन । माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको छु ।'

मन्त्री थापाले आफूले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास गर्ने बताए ।

असोज मसान्तभित्र कर बुझाए चन्द्रागिरि नगरले २५ प्रतिशत छुट दिने

इकागज | साउन १०, २०८१

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१-८२ का ल...

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना सात दिन भित्र हटाउन महानगरको निर्देशन

इकागज | साउन ८, २०८१

काठमाडौँ - काठमाडौँ महानगरले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरूलाई असर पर्ने गरि बनाइएका संरच...