म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण

इकागज | मंसिर १३, २०८०

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले  रु २० हजारका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधिनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र  बीलविजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको जनाइएको छ  ।                

अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेयपदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ ।  पेय पदार्थगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य बृहस्पति तामाङले जानकारी दिए । 
        
चन्दनवारीदेखी गोसाइँकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उनले बताए ।  बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए ।

यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि सो अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ । रासस

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

इकागज | मंसिर १२, २०८०

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछि...

धुलिखेलमा बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी

इकागज | मंसिर १०, २०८०

काठमाडौँ - काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी...

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ...

व्यवसायी प्रसाईंलाई जिप्रका काठमाडौँले भन्यो : गैरकानुनी हर्कत काठमाडौँमा चल्दैन

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा स...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : चार महिनादेखि प्राध्यापकले तलब नपाउँदा पठनपाठन ठप्प

इकागज | मंसिर ८, २०८०

मनहरी (मकवानपुर)- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्...