बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

इकागज | साउन १५, २०८१

बागमती- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । 

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । जसमध्ये लामा कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । 

गोकर्णेश्वर नगरले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने

इकागज | साउन १३, २०८१

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । ...

काठमाडौँ महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

इकागज | साउन १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गर...

उपत्यकाभित्रका स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा

इकागज | साउन १३, २०८१

काठमाडौँ- आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्...