थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

इकागज | बैशाख १०, २०८१

भरतपुर (चितवन)- चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ । 

बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए  ।

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ ।  अध्यक्ष गुरुङले भने, “पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।” पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ । 
  
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए । 

“तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्”, उनले भने, “यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ ।” 

विसं २०७८ मा पुल निर्माण कार्य थालिएको हो । सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ । स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए । थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहुँदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताए । झण्डै रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो । रासस

काठमाडौँ महानगरका स्वास्थ्यकर्मीहरूलाई ‘नसर्ने रोग’, 'रोग नियन्त्रण' र 'प्रोटोकल' सम्बन्धी तालिम

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरूका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेव...

निजी विद्यालयलाई महानगरको निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनू

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरि...

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

इकागज | बैशाख ७, २०८१

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘प...

सडकपेटीमा निर्माण सामग्री अलपत्र पार्नेलाई महानगरले कारबाही गर्ने

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण सामग्री राखेर काम सकेपछि सफा नगर्नेलाई ...

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

इकागज | चैत ३०, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकासदेखि कक्षा १...