स्थायी केन्द्र सबैको माझ तोक्न दबाब दिँदै सुनकोसी गाउँपालिकामा लगाए ताला

इकागज | फागुन १, २०८०

काठमाडौँ - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको कार्यालयमा स्थानीयहरूले ताला लगाएका छन् । पालिकाको स्थायी केन्द्र तोकेको विषयमा स्थानीयहरूलाई चित नबुझेपछि कार्यालयमा ताला लगाइएको हो । 

सुनकोसी गाउँपालिका स्थायी केन्द्र, भवन संघर्ष समितिले मंगलबार कार्यालय खुलेसँगै ताला लगाएका हुन् । उनीहरूले गाउँपालिकाको स्थायी केन्द्र तोकेको विषयमा चित नबुझेपछि ताला लगाएको समितिका सल्लाहकार थुप्तेन ग्याल्बो लामाले जानकारी दिए । कार्यपालिकाको गत माघ २९ गते बसेको बैठकले सिगालेमा स्थायी केन्द्र बनाउने निर्णय गरेको थियो । १५ जना कार्यपालिका सदस्यमा ११ जनाले सहमति जनाएका थिए । 

'गाउँ कार्यपालिकाले सुनकोसी-३ सिगालेमा स्थायी केन्द्र बनाउने निर्णय गरेको छ', उनले भने, 'त्यो सुनकोसीका सबै जनतालाई पायक पर्दैन स्थानीय सरकार भनेको जनताको घर दैलोमै हुनुपर्छ भन्ने हो ।' 

संघर्ष समितिले सुनकोसी-५ सुनखानी डाँडामा स्थायी केन्द्र बनाउन आग्रहसमेत गरेको छ । लामाले भने, 'सिगाले भन्दा सुनखानी डाँडा सबैका लागि पायक पर्छ ।' संघर्ष समितिले संघीयताको मर्म र भावनालाई कुल्ची गाउँ कार्यपालिकाले गरेको निर्णयप्रति आपत्तिसमेत जनाएको छ । 

स्थानीय निर्वाचन भएको ७ वर्ष बितिसक्दा पनि सुनकोसीले स्थायी केन्द्र तोकेर प्रशासकीय भवन निर्माण गर्न सकेको छैन । 

 

रोकिराखेको ट्रकसँग बस ठोक्कियो, २० घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर

इकागज | माघ २७, २०८०

भरतपुर (चितवन)- चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगर...

बागमती प्रदेशभर धान उत्पादनमा गिरावट आउँदा सिन्धुपाल्चोकमा बढ्‌यो

इकागज | माघ २६, २०८०

हेटौंडा- बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि विकास निर्देशनालय बागम...

सर्वोच्चको फैसलाविपरीत चौंरीदेउराली गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा

इकागज | माघ २५, २०८०

​​काठमाडौँ- सर्वोच्च अदालतको फैसलाविपरीत काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका​ले फागुन १ गते...

काठमाडौँ महानगरले सार्वजनिकस्थलमा १९५० फोहोर वर्गीकरण बिन सेट राख्दै

इकागज | माघ २५, २०८०

काठमाडौँ- सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाड...