गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ७० प्रतिशत लागत बागमती सरकारले बेहोर्ने

इकागज | माघ २३, २०८०

हेटौँडा (मकवानपुर)- चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रङ्गशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिए । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सो रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत लागत बेहोर्ने सम्झौता भएको थियो । ​

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । 

आजको बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार सङ्घीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भइ भुक्तानी बाँकी आयोजनाको भुक्तानी दिने पनि निर्णय गरेको छ । मुख्यमन्त्री जम्कट्टेलका अनुसार केही प्रक्रियाहरू पूरा गर्नु परेका कारण निर्माण सम्पन्न भए पनि भुक्तानीमा ढिलाई भएको र हाल भुक्तानीको प्रक्रिया बढाइएको हो ।

काठमाडौँ महानगरभित्र १०२६ वटा स्मार्ट स्ट्रीट लाइट जडान, १७७ वटा नयाँ पोल

इकागज | माघ २२, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महानगरले महाराजगञ्...

धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि आक्रोशित बालेन शाहको जवाफ- ‘पार्किङ खुल्लै छ’

इकागज | माघ २२, २०८०

काठमाडौँ- सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अवरोध भएको छ । काठमाडौँ महानगरपालिक...

अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

इकागज | माघ २१, २०८०

काठमाडौँ - काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रवि...

अझै रोकिएन बालविवाह

इकागज | माघ २१, २०८०

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछाप...

काठमाडौँ महानगरभित्रका पेट्रोल पम्प पहेँलो रंगको हुनुपर्ने

इकागज | माघ १९, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पमा पहिचान तथा एकरूपताका लागि प...

काठमाडौँ महानगरले सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिरायो

इकागज | माघ १९, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्री सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार  जरिवाना...