जिल्ला समन्वय समिति कास्कीमा एमालेकाे प्यानल विजयी

इकागज | जेठ २०, २०७९

पाेखरा। जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। जिसस कास्कीकाे प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै विजयी भएका हुन् ।

शुक्रबार भएकाे निर्वाचनमा पाैडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत पाए । उप प्रमुखमा सरिता कुमालले माओवादी केन्द्रकी उषा थापालाई पराजित गर्दै विजयी भएकी छिन् ।

यस्त‌ै सदस्यहरूमा एमालेकै बालिका सुवेदी, राजु अधिकारी र हर्कबहादुर गुरुङ विजयी भए । उनीहरुले कांग्रेसका ओमप्रकाश गुरुङ, विजय गुरुङ र माओवादी केन्द्रका पुर्खबहादुर पुनलाई हराएका हुन् । सदस्यमा विजयीहरूले समान ६ मत र पराजितहरुले ४ मत प्राप्त गरेका हुन् ।

पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

इकागज | जेठ २०, २०७९

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्...

गण्डकीका अर्थमन्त्री भन्छन्- हाम्रो मन्त्रिमण्डल ठूलो भयो, ७ वटामा झार्नुपर्छ

इकागज | जेठ २०, २०७९

पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रिमण्डल विस्तार गर्दा खर्चको आकार बढ्...

पोखराको कार्यपालिका चुनावः एमाले–कांग्रेसलाई 'फ्लोर क्रस'को डर, रिसोर्टमा राखियो जनप्रतिनिधि

इकागज | जेठ १८, २०७९

पोखरा - पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबा...

प्रहरी निरीक्षक मंगल श्रेष्ठको नेतृत्वमा दुर्घटनास्थल पुगे सुरक्षाकर्मी

इकागज | जेठ १६, २०७९

म्याग्दी- तारा एयरको जहाज दुर्घटना भएको स्थानमा हेलिकोप्टरबाट सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका त...

'केही शव भिर र खोंचमा फसेको छ, ठाउँ अप्ठ्यारो भएकाले संकलनमा समस्या भयो'

इकागज | जेठ १६, २०७९

पोखरा- तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् ।...