लुम्बिनीका १३ अस्पताल विकास समितिले पाए अध्यक्ष

इकागज | कात्तिक २५, २०८०

बुटवल- लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १३ वटा अस्पताल विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जीवनप्रसाद वझालाई र  दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई दाङ निवासी दीपक शाहलाई मनोनीत गरिएको छ ।

त्यस्तै गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन ,प्युठान अस्पतालमा सुवास केसी, र रोल्पा अस्पतालमा शेरबहादुर थापालाई मनोनीत गरिएको छ ।

किसानहरुलाई फूल टिप्ने चटारो, आयातित फूलका कारण बजार नपाउने चिन्ता

विक्रम खड्का | कात्तिक २२, २०८०

बुटवल - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । फूलहरुको पर्वका रुपमा सम...

प्रिन्सिपल पाठकलाई पदमुक्त गर्ने सहमतिपछि टुंगियो मेडिकल कलेज भैरहवामा आन्दोलन

इकागज | कात्तिक २१, २०८०

बुटवल- ड्रेस कोडका विषयमा शुरु भएको मेडिकल कलेज भैरहवाको आन्दोलन एक महिनापछि टुंगिएको छ । कलेजका प्र...

भूकम्पले श्रीमान्‌ र गर्भको शिशु खोसेपछि अस्पतालको भित्तो चिथोर्दै पेट छामिरहेकी जमुना

इकागज | कात्तिक २१, २०८०

जानकी (बाँके)- जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान्&zw...