नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी

इकागज | असोज ३०, २०८०

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन् । 

नेपाल प्रहरीको ६८ औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताए । उनले नेपाल प्रहरीले सीमित साधन स्रोतका बाबजुद पनि आफ्नो कुशलताले उत्कृष्ट काम गरेर देश–विदेशमा पनि आफ्नो व्यावसायिकतालाई कायम राख्न काम र कुशलता देखाएको बताए ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रहरीको कार्य दक्षताका हिसाबले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नेपाल प्रहरीले जनताको सेवा र राष्ट्रले सुम्पेको जिम्मेवारी विचलित नभई पूरा गरेको बताए । उनले समाजका हरेक तह वर्ग, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहयोगमा समाजमा शान्तिसुरक्षा कायम गर्न कर्तव्य पथमा दृढ भई नागरिकका नैसर्गिक अधिकार कायम राख्न निर्देशनसमेत दिए ।

कार्यक्रममा नेपाल प्रहरीको कर्तव्य पालनाका सिलसिलामा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गरिएको थियो ।

कांग्रेस रूपन्देही २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित

इकागज | असोज २७, २०८०

बुटवल- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित भएका छ...

रुपन्देही २ : कांग्रेस क्षेत्रीय सभापति र सहसचिवका लागि देउवा र शेखर समूह चुनावी मैदानमा

इकागज | असोज २७, २०८०

बुटवल- नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापति र सहसचिवका लागि बुटवलमा मतदान सुरु भएको छ...

योजना आयोग उपाध्यक्षहरूको लुम्बिनी भेलाले सार्वजनिक गरेको १५ बुँदे घोषणापत्रमा के छ ?

इकागज | असोज २७, २०८०

बुटवल- लुम्बिनी प्रदेश योजना आयोगको अगुवाईमा योजना आयोगका पदाधिकारीहरूको भेला लुम्बिनीमा सम्पन्न भयो ।...

संघीयताप्रतिको जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

इकागज | असोज २५, २०८०

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताप्रतिको जनताको निराशा हटाउने गरि ...

'वन ऐन र राजश्व सम्बन्धी समस्या समाधान भए आयोगले तत्काल सवा लाख लालपूर्जा वितरण गर्छ'

इकागज | असोज २४, २०८०

बुटवल - राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले वन ऐन र राजश्व सम्बन्धी समस्या समाधान भए आयोगले तत्काल...

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना, अवस्था सामान्य

इकागज | असोज २२, २०८०

बुटवल- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दिउँसो दाङको तुलसीपुरमा दुर्घटनामा...