दाङमा पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

इकागज | बैशाख १९, २०८०

दाङ - दाङका  सबै पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका दश वटै  पालिकाले  अघिल्लो कार्यकालमा  नै सो  नीति बनाएका थिए  । 

'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन नसकेको जनाइएको छ  ।' संघीय मन्त्रालयले बनाएको कानुनमा टेकेर प्रदेश र स्थानीय तहले कानुन बनाउनु पर्छ ।  'पहिले स्थानीय तहले बनाएको र पछि संघले मापदण्ड शंसोधन गरेकाले हामीले बनाएका कानुन अहिले काम लाग्ने अबस्थामा छैनन',तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले भने ।

संघले बनाएको मापदण्ड अनुसार स्थानीय तहले १५ शैयासम्मको अस्पताललाई अनुमति दिने र अनुगमन गर्ने जिम्मा छ । तर, लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को दफा ८ को उपदफा २ अनुसार स्वास्थ्य क्लिनिक,निदान केन्द्र,प्रयोगशाला वा रेडियो इमेजिङ  सेवा तथा पोलिक्लिनिक स्थापना तथा सञ्चालन अनुमति प्रदेश सरकारले दिने कुरा उल्लेख छ । 

यो कुरा संघसंग बाझिएकाले पनि स्थानीय सरकारको स्वास्थ्य नीति अनुरुप काम गर्न समस्या भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए । 'संघले बनाएको कानुनमा प्रदेश सरकारको बाझिएको छ',उनले भने 'त्यसले गर्दा पनि हामीले बनाएका नीति अनुरुप हामीले काम गर्न सकेका छैनौं ।’ 

संघले बनाएको ऐनमा नबाझिनेगरि प्रदेशले कानुन बनाएमा सोही अनुसार स्थानीय तहले कानुन संसोधन गरेर कार्यान्वयन गर्न सकिने दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताए ।  

स्थानीय स्वास्थ्य नीति नहुँदा स्वास्थ्य संस्था तथा अनुगमन गर्न समस्या हुने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताए । माथिबाट कागजात पुर्‍याएर आएमा हामीले दर्ता त गर्ने गरेका छौं',उनले भने 'तर, हामी आफैलाई कागजात हेर्ने अधिकार पनि छैन, अनुगमनको अधिकार पनि छैन ।'

स्वास्थ्य संस्था अनुगमनको अधिकार नहुँदा स्वास्थ्य संस्थाहरु मनोमानी ढंगले चलिरहेका छन् । कोही दर्ता नभएर चलिरहेका छन्, भने कोही नवीकरण छैनन् । केही स्वास्थ्य संस्थाहरुमा फार्माशिष्ट विनानै औषधि वितरण गरिरहेका छन् । स्वास्थ्य संस्थाका भवन पनि मापदण्ड अनुसार छैनन् । अस्पतालका धेरै भवनहरु भुकम्प प्रतिरोधि छैनन् । पोलिक्लिनिकहरुले बेड सञ्चालन गर्न पाउदैनन्, तर, पोलिक्लिनिकहरुले बेड सञ्चालान गरेर उपचार गरिरहेका छन् । यसको अनुगमन गर्न औषधी ब्यबस्था विभागले बर्षमा एक पटक वा दुई पटक मात्रै अनुगमन गर्ने गरेको छ । त्यतिले मात्रै नपुग्ने भएकाले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनकालागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले बताए ।  

अनुगमनकालागि सरकारले कर्मचारी  खटाउनु पर्छ । अहिले स्थानीय तहको स्वास्थ्य शाखामा अहेब, अनमी र एक जना कार्यालय सहयोगीको व्यवस्था गरेको छ । यसमा पनि सैद्धान्तिक बेरुजु देखाउने गरेको छ । 'नीतिमा अहेब, अनमी र एक जना कार्यालय सहयोगी भनेको छ, त्यो पनि दरबन्दी सिर्जना भएको छैन' , गढवाका स्वास्थ्य शाखा प्रमुख चौधरीले भने 'त्यसले गर्दा पनि  सैद्धान्तिक बेरुजु पनि देखाउने गरेको छ  ।' स्वास्थ्यमा तीन तहको सरकारको समन्वयकारी भूमिका नहुँदा यसलाई मापदण्डमा ल्याउन पनि समस्या हुने गरेको छ । रासस

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा

इकागज | बैशाख १६, २०८०

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको ब...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

इकागज | बैशाख १५, २०८०

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएक...

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरूको अझै छैन टुंगो

इकागज | बैशाख १५, २०८०

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । नेकपा ...

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्री नियुक्त, शपथ भाेलि

इकागज | बैशाख १४, २०८०

बुटवल- नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस

इकागज | बैशाख १४, २०८०

लुम्बिनी- नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी ...

मुख्यमन्त्रीमा दाबी पेश गर्न डिल्ली चौधरी प्रदेश प्रमुखको कार्यालयमा

इकागज | बैशाख १४, २०८०

बुटवल - लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि ८ दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर...

दुई वर्षदेखि खुला आकाशमुनि थन्किएका विद्युतीय सवारी सञ्चालनमा आउने

इकागज | बैशाख १४, २०८०

लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अ...