मुख्यमन्त्री चौधरीद्वारा किवानिसको कार्यक्रम बहिष्कार

इकागज | भदौ ८, २०८०

बुटवल- नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिस क्लबको कार्यक्रम बहिष्कार गरेका छन् । 

मुख्यमन्त्री चौधरीले रूपन्देहीको भैरहवामा शुक्रबार भएको किवानिस नेपालको पाँचौं डिष्ट्रिक महाधिवेशनको उद्घाटन समारोह बहिष्कार गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री चौधरी सहभागी थिए । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेर हिँडेको उनको सचिवालयले जनाएको छ ।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिष्कार गरेपछि कार्यक्रम आयोजक अन्योलमा परेका थिए ।

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोर डम्पिङ, नुन गोदामको आडमै फोहोरको डंगुर

इकागज | भदौ ६, २०८०

भैरहवा- सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ बनेको छ । पर्यटकलाई लक्षित गरी स...

सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : महरा

इकागज | साउन ३०, २०८०

दाङ- पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बता...