बँदेल मार्न जंगलमा लगाएको आगो सल्केर बस्तीमा पुगेपछि...

इकागज | जेठ २, २०८०

बुटवल । चार जनाको मृत्यु हुने गरि अर्घाखाँचीको भूमिकास्थानमा भएको आगजनीको घटनामा संलग्न भएको आशंकामा चार जना पक्राउ परेका छन् । 

चार दिनअघि भूमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा आगो लागेको थियो । सो आगो निभाउनेक्रममा चार जनाको मृत्यु भएको थियो । आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको थियो ।

जंगलमा रहेका केही जंगली जनावर मार्ने उदेश्यले स्थानीय देविराम वेल्वासे, धर्मराज वेल्वासे, दिपक विक र दिनेश थापाले जंगलामा आगो लगाएको प्रहरी अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताए । उनीहरु चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीकाअनुसार घटनामा संलग्नद्धय देवीराम र धर्मराजले जंगलमा बँदेललगायतका जनावर देखेपछि त्यसलाई मार्नका लागि आगो लगाएका थिए । उनीहरुले थप सहयोगका लागि दिपक र दिनेशलाई समेत वोलाएका थिए । जंगली जनावर मार्नका लागि लगाईएको आगो विस्तारै फैलिएर वस्तीमा पुगेको थियो ।

बस्तीमा आगो लागेको देखेपछि स्थानीयवासी आगो निभाउनका लागि जुटेका थिए । सो क्रममा पिताम्वर वेलवासे, माधव वेल्वासे,धनश्याम वेल्वासे र पदमप्रसाद वेल्वासे घाईते भएका थिए । उनीहरुको उपचारका लागि अस्पतालहरुमा लैजाँदै गर्दा मृत्यु भएको हो ।  

आगोलागीमा परेर घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ् । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ । मंगलबार लागेको आगोबाट थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा नियन्त्रणमा लिएसंगै अन्य घरहरु जोगिएका थिए  ।
 

टोपबहादुरबारे लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशी भन्छन्- प्रहरीले छिट्टै रिजल्ट दिन्छ

इकागज | बैशाख ३१, २०८०

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नक्कली भुटानी शरणार्थी प्रक...

शुक्रबार भित्रै लुम्बिनी सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रबार भित्रै सरकारले पूर्णता पाउने बताए...

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी

इकागज | बैशाख २५, २०८०

तुलसीपुर- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार ह...

वैशाख २८ गतेदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै

इकागज | बैशाख २४, २०८०

काठमाडौँ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुँदैछ । नेपाल ...

मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना र रात्रिकालीन बजार सुरक्षाबारे छलफल

इकागज | बैशाख २१, २०८०

बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका बीचमा भेट...