आजको भूकम्पले अर्घाखाँचीमा पनि केही घर चर्किए

इकागज | कात्तिक २०, २०८०

बुटवल- आज सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा आएको भूकम्पको झट्काले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा केही घरहरू चर्किएका छन् ।

करिब तीन महिनाअघिदेखि निर्माणाधीन अवस्थामा रहेको सन्धिखर्क-१० भगवती टोल निवासी शिव गन्धर्वको घर भूकम्पले चर्किएको हो ।

घर धनी शिव गन्धर्वका अनुसार तीन महिनाअघिदेखि सो घर निर्माण गर्न सुरु गरिएको थियो । 'आज मात्र उक्त घरलाई जस्तापाताले छाउने काम भइरहेको थियो,' उनले भने, 'भूकम्प गयो हामी छानाबाट हामफाल्यौँ ,पछि घरको अवस्था हेर्दा २/३ ठाउँमा चर्किएको रहेछ ।'

जिल्ला प्रहरी प्रमुख प्रितम राठौरले भूकम्पले केही घर चर्किएको सूचना आएको बताए । उनले यकिन तथ्याङ्क लिने काम भने भइरहेको बताए ।

भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

इकागज | कात्तिक १८, २०८०

जानकी (बाँके)- बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पक...

लुम्बिनी सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

इकागज | कात्तिक १८, २०८०

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज ...

भूकम्पमा घाइतेको उद्धारका लागि तिलोत्तमाले पठायाे १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री

इकागज | कात्तिक १८, २०८०

बुटवल- शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि...

भूकम्पले घाइते पुनलाई उपचार गर्न ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु

इकागज | कात्तिक १८, २०८०

नेपालगञ्ज- भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । ...

लुम्बिनी सरकारले खटायो भूकम्प प्रभावित कर्णालीमा उद्धारसँगै स्वास्थ्यकर्मीको टोली

इकागज | कात्तिक १८, २०८०

बुटवल- भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशबाट स्वास्थ्यकर्म...

जाजरकोट भूकम्प : घाइतेलाई उपचार गर्न बाँकेको भेरी अस्पताल तयारी अवस्थामा

इकागज | कात्तिक १८, २०८०

बुटवल- भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचार...