छोराको आक्रमणबाट पश्चिम नवलपरासीमा आमाको मृत्यु

इकागज | असार १३, २०८०

परासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । 

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन : प्रदेश प्रमुख शेरचन

इकागज | असार ९, २०८०

भरतपुर - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छ...

लुम्बिनी प्रदेश प्रहरी अस्पताल : तीन प्रदेशको स्वास्थ्य ‘हब’ बनाउने योजना के हुँदैछ ?

इकागज | असार ७, २०८०

जानकी- लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिन...