दाङबाट कांग्रेस रुपान्तरण अभियानको देउवालाई चेतावनी- नेतृत्व नसच्चिए गम्भिर क्षति

इकागज | जेठ २९, २०८०

बुटवल- पार्टी रुपान्तरणको अभियान सञ्‍चालन गरेका नेपाली कांग्रेस नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । पार्टी सभापती शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै उनीहरूले समयमै नेतृत्व नसच्चिए पार्टीलाई गम्भिर क्षति पुग्ने चेतावनी दिए । 

दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागी थियो । कार्यक्रममा रुपान्तरण अभियानका नेताहरूले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेको कार्यक्रममा सहभागि कांग्रेस युवा नेता विष्णु पोखरेलले जानकारी दिए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे ।

कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए । उनले त्यो परिस्थितिलाई सच्याई नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरूले अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।

कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपीले  जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरू हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए । नेतृत्वकर्मीहरू पार्टी र कार्यकर्ताहरूको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता भएको कार्यक्रममा बिजुला बर्मा राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लावाट अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

स्टील उद्योगमा सरकारी नीतिको असर : राजश्व घट्दो, जोखिममा श्रमिक

इकागज | जेठ २९, २०८०

भैरहवा- स्टिल उद्योगमा सरकारले गरेको व्यवस्थाले उपभोक्ता मारमा परेका छन् । सीमित उद्योगीलाई फाइदा पुग्ने ...

लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने - विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्छ

इकागज | जेठ २५, २०८०

बुटवल - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुप...

नेपालगञ्जमा गर्मी बढ्‌दा पनि विद्यालयले विदा नदिएपछि नगर प्रहरी परिचालन

इकागज | जेठ २३, २०८०

बाँके- अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना...