आचारसंहिता पालनामा दलहरुको प्रतिबद्धता

इकागज | कात्तिक २०, २०७९

बुटवल । लुम्बिनी प्रदेशमा सक्रिय राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने र गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुने उनीहरुले विश्वास जनाए ।

संवाद समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको आसन्न निर्वाचनमा जारी आचारसंहिता पालनमा राजनीतिक दलहरुको प्रतिवद्धता विषयक कार्यक्रममा सहभागी नेताहरुले स्वतन्त्र र निष्पक्ष चुनाव र आचारसंहिता पालनामा प्रतिवद्ध हुने बताए । दलका नेताहरुले दलले आचारसंहिता मिचेका बारेमा निर्वाचन आयोग, प्रशाशन र संचारमाध्ययमले पनि निगरानी राख्न र गलतलाई कारबाही प्रक्रियामा लैजान सघाउन आग्रह गरे । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णुप्रसाद पोखरेलले कांग्रेस सत्ताधारी पाटी भएपनि आचारसंहिता मिच्ने र जनतालाई अनावश्यक रुपमा प्रभावित पार्ने काममा नलागेको बताए । ‘हामी र हाम्रा समर्थकहरुबाट कहि कतै आचारसंहिता विपरीत काम भएको भए निष्पक्ष छानविन होस्,’ उनले भने । एमाले नेता नन्दीकिशोर ढकालले निर्वाचनमा सबै दल र उम्मेदवारको एउटै हैसियत हुने भन्दै जनता प्रभावित पार्ने र आचारसंहिता मिच्नेलाई कानुनी कारबाहीमा लैजान आग्रह गरे ।

माओवादी केन्द्रका निर्दोष अलीले प्रशासन, निर्वाचन आयोग र नागरिक समाज निष्पक्ष भएर अनुगमन गरे दलहरु सच्चिने बताए । नेकपा एकीकृत समाजवादीकी सरीता श्रीसले आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न नागरिक समाज र संचारकर्मीलाई आग्रह गरिन् । जसपाका मनिकर कार्कीले आचार संहिता मिच्ने, निर्वाचन विथोलिने र समूदायमा भ्रम छर्ने काम आफ्नो पाटीबाट नहुने जनाए । 

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामीले आचारसहिता पालनामा सबै दलहरुले जस्तै ऐक्यवद्धता जनाए । राप्रपाका प्रदेश अध्यक्ष प्रदिप उदयले पनि निर्वाचन आयोगद्धारा जारी आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए राष्ट्रिय जनमोर्चाका टान बहादुर केसीले साना दललाई ऐन ठूला दललाई चैन हुन नहुने बताए ।
निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका प्रतिनिधि टेकराज पन्थीले सबै नीतिको मूल नीति राजनीति भएकाले दलहरुले आफू र आफ्ना समर्थकलाई आचार संहिता पालनामा प्रतिवद्ध बनाउने हो भने समस्या नहुने बताए । कतै स्वतहस्फूर्त अनुगमन गरेर त कतै उजुरी परेका आधारमा आयोगले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याएको उनले जनाए । 

बिक्रम खड्काको सहजीकरणमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्रालयका प्रतिनिधि माधव शर्मा,राष्ट्रिय मानव अधिकार आयोग बुटवलका अधिकृत दीपक ठाकुर,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसी,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,अधिवक्ता महेन्द्र प्रसाद पाण्डे,मानवअधिकारकर्मी रीमा बिसी लगायतले आ आफ्नो भनाई राखेका थिए । 
 

अर्बपति चौधरीलाई संसदीय राजनीतिका खेलाडी हृदयेशको चुनौती

बिक्रम खड्का | कात्तिक १५, २०७९

बुटवल– अर्बपति विनोद चौधरी र संसदीय राजनीतिका खेलाडी हृदयेश त्रिपाठी लुम्बिनी प्रदेशको पश्चिम नव...

ओलीको प्रतिवाद गर्दा पार्टी छाड्न बाध्य भएँ : नेता भुसाल

इकागज | कात्तिक १५, २०७९

रुपन्देही- प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संवि...

रूपन्देही-३ मा पाँच दलीय गठबन्धनद्वारा संकल्पपत्र सार्वजनिक

इकागज | कात्तिक १३, २०७९

बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को ५ दलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । 'समुन्नत न...

मनकामना जाँदै गरेको बस दुर्घटना : पाँच जनाको मृत्यु, २३ जना घाइते

इकागज | कात्तिक १३, २०७९

बुटवल- पाल्पाबाट मनकामना दर्शनका लागि हिँडेको बस नवलपुरमा दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएक...