बर्दियाका किसानलाई धान भित्र्याउने चटारो

इकागज | कात्तिक १२, २०७९

बर्दिया- बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन । तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो ।

यस्तै गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छन् । फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो ।

गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पुर्‍यायो । क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२का सञ्जय आचार्यले गुनासो गरे । यस वर्ष पनि सहयोग नपाएको उनको भनाइ थियो ।

मानो छरेर मुरी भित्र्याउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको मधुवन नगरपालिका–२ ओराली बजारका रामपाल चौधरीले बताए । उनले भने 'गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो फेरि पनि वर्षा हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ ।'

गुलरिया, मधुवन, राजापुर, गेरुवा र बारबर्दियामा  छ हजार बिघा धानबालीमा क्षति पुगेको एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए । रासस

अर्घाखाँचीमा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

इकागज | कात्तिक ११, २०७९

अर्घाखाँची- अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थलनजिकै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्य...

रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई साझा उम्मेदवार बनाउने

इकागज | कात्तिक ९, २०७९

बुटवल- निर्वाचन कार्यालयले खारेज गरिदिएपछि उम्मेदवारविहीन भएको रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनल...

रहेनन् पत्रकार राना

इकागज | कात्तिक ९, २०७९

बुटवल- रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका पत्रकार टेक मास्की रानाको निधन भएको...

यी आकांक्षी बन्लान् लुम्बिनीमा अबकाे मुख्यमन्त्री ?

विक्रम खड्का | कात्तिक ५, २०७९

बुटवल । निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनीमा मुख्यमन्त्री को बन्ला भनेर चासो व्यक्त गर्न थालिएको छ । म...