८ किलो गाँजासहित युवक पक्राउ

इकागज | जेठ २८, २०७९

भैरहवा- रुपन्देहीको भैरहवामा अबैध गाजाको कारोबार हुने गरेको खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार साढे ४ बजे करिब ८ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय अभिषेक थापा मगरले लागुऔषध गाँजा कारोवार गरेको भन्ने गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरेको हो । प्रहरी टोलीले घरकोठा र शरिर खानतलासी गर्दा थापा बस्ने दुई कोठे टहरे घरको उत्तरतर्फको कोठभित्र दुई वटा निलो प्लाष्टिक र एक वटा रातो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थलाई  बरामद गरेको छ ।

त्यस्तै, सोही कोठामा पहेलो प्लाष्टिकमा पोको पारी राखेको ३ केजी १५० ग्राम गाजा,  सानो डिजिटल मेसिन (तराजुं) १ थान, नेपाली नोट जम्मा १ हजार ७२० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए । 

अर्को कोठाभित्र रहेको स्टिल दराजभित्र लुकाई राखेको अवस्थामा निलो प्लाष्टिकमा ८ सय ग्राम गाँजा भेट्टिएको थियो भने  गाजालाई छुट्टाछुट्टै पोको पारी बिक्री गर्ने अवस्थामा राखिएको र सोही दराजभित्र सेतो प्लाष्टिक ५० थानसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ । 
 

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम: बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानी बनाउने (पूर्ण पाठ)

विक्रम खड्का | जेठ २५, २०७९

बुटवल - लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सां...

वीरेन्द्रचोक तनावग्रस्त : शालिक राख्‍न प्रशासनले नदिएपछि प्रहरी र राजावादीबीच झडप

इकागज | जेठ १९, २०७९

काठमाडौँ- पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्‍ने विषयमा विवाद हुँदा नेपालगञ्‍जको धम्बोजीस्थ...

सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि बालिकामाथि सामूहिक बलात्कार

इकागज | जेठ १९, २०७९

कपिलवस्तु- सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्का...