सिद्धार्थ राजमार्गमा भदौ मसान्तसम्म टिपर चलाउन रोक

इकागज | असार २, २०७९

बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लागाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो । 

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो । 

सो सडकखण्डमा अहिले दैनिक सयौं टिप्परहरु ओहोरदोहर गर्ने गर्दछन् । पानी पर्न थालेपछि माथि वाट पहिरो झर्ने समस्या त छ नै सडकसमेत टिप्परका कारण जिर्ण हुने हुदां थप समस्या हुने सडक डिभिजन कार्यालयको भनाई रहेको छ ।


 

प्रहरीसँग राज्यमन्त्री वलीको बयान : मेरो पैसा नदिएपछि घरमै गएँ

इकागज | असार १, २०७९

बुटवल- परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्...

संयुक्त राष्ट्र संघका उपमहासचिवले भनिन्- लुम्बिनी विश्व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र

इकागज | असार १, २०७९

भैरहवा- संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्‍व मानव जगतकै आस्था र श्रद्धाको ...

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन किटानी जाहेरी

इकागज | जेठ ३१, २०७९

बुटवल - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी...

महिलामाथि हातपात गरेको आरोपमा मन्त्री वली प्रहरी नियन्त्रणमा

विक्रम खड्का | जेठ ३१, २०७९

बुटवल । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री ...

बजेट ल्याउने बेला भयो लुम्बिनीमा छैनन् अर्थसचिव, चार वर्षमा ५० पटक बढी सचिव फेरबदल

इकागज | जेठ २८, २०७९

बुटवल- संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ ...