पाल्पामा यसरी लुटियो सडक ठेकेदारको २० लाख रुपैयाँ

इकागज | साउन २, २०७९

पाल्पा- पाल्पामा सडक ठेकदार सुमन पन्थ समेत दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ गएराति लुटपाट भएको छ । 

पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन् । 

प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थसहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।

सोहीबेला पन्थसमेत दुई जनालाई अन्दाजी ७/८ जना अपरिचित ब्यक्तिहरूले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चाबीमेत लुटी फरार भएका थिए । 

कुटपिटबाट घाइते भएका पन्थसमेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । 

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

डिएसपीले पोखरीमा धकेलेपछि वडाध्यक्ष भन्छन्- यो भन्दा ठूलो अन्याय के हुन्छ ?

इकागज | साउन २, २०७९

बुटवल- बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीला...

तिलोत्तमाकी उपमेयरले लगाइन् प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

इकागज | साउन १, २०७९

बुटवल - तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको कार्यकक्षमा उपप्रमुखको नेतृत्वमा जनप्...

तिलोत्तमामा जनप्रतिनिधिबीच लछारपछार : यसरी खसालियो वडाअध्यक्षलाई स्वीमिङ पुलमा (भिडियो)

इकागज | साउन १, २०७९

काठमाडौं– रूपन्देहीको तिलोत्तमाको चौथो नगरसभामा विवाद हुँदा एक वडाअध्यक्षलाई लछारपछार गरेर स्वीम...

तिलाेत्तमामा उपमेयरले हाकिमलाई 'तँ' भनेपछि तनाव : धकेलाधकेल भएपछि नगरसभा स्थगित [भिडियाे]

बुटवल । रूपन्देहीको तिलाेत्तमाकाे चाैथाे नगरसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । ९० सदस्यीय...

बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

इकागज | असार ३२, २०७९

भैरहवा- सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ...